काठमाडौं, फागुन २८ । प्रधानमन्त्री केपी ओलीलाई मिर्गौला दान गरेकी समीक्षा संग्रौला डिस्चार्ज भएकी छन्। फागुन १९ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी समीक्षा आज डिस्चार्ज भएकी हुन्।
डाक्टरले सहमति दिए प्रधानमन्त्री ओलीको समेत डिस्चार्ज आजै हुनेछ।
फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको हो। पहिलो पटक २०६४ सालमा भारतमा मिर्गौला प्रत्यारोपण गराएका ओलीको दोस्रो पटक स्वदेशमै मिर्गौला प्रत्यारोपण भएको हो।
Facebook Comments

























