काठमाडौं, फागुन २८ । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसको संक्रमणबाट बच्न नेपालले अपनाउनु पर्ने पूर्वतयारीबारे छलफल गर्न सर्वदलीय बैठक डाकेका छन्।
कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण गर्न गठित उच्च स्तरीय समन्वय समितिका संयोजक समेत रहेका पोखरेलले ३ बजे सर्वदलीय बैठक डाकेका हुन्।
बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने उनका प्रेस संयोजक लोकेन्द्र केसीले बताए।
‘नोबेल कोरोनाको संक्रमणबाट नागरिकलाई बचाउन सरकारले गर्नुपर्ने पूर्वतयारीका लागि सुझाव दिन तथा सरकारसँग मिलेर काम गर्नेबारे छलफल गर्न उपप्रधानमन्त्रीज्यूले डाक्नु भएको हो,’ उनले भने।
Facebook Comments


























