फागुन २८ । श्रीमती के गर्दैछिन् र कहाँ छिन् भन्ने निगरानी गर्न मिल्ने गरी साउदी सरकारले एप्सको विकास गरेको छ। गुगल र एप्पलको प्ले स्टोरमा रहेको अब्सर एपबाट श्रीमतीको निगरानी गर्न मिल्ने साउदी सरकारले जनाएको छ।
यो एप प्रयोग गर्दा महिलाले एयरपोर्टमा आफ्नो पासपोर्ट प्रयोग गरेमा यसको जानकारी उनीहरुको पतिलाई जान्छ।
पुरुषले चाहे आफ्ना पत्नीलाई विमानस्थलमा नै रोक्न सक्छन्। सन् २०१८ मा नै साउदी सरकारको निर्देशन अनुसार यो एप्स बनाइएको हो। लन्च भएलगत्तै यो एप्स १० लाखभन्दा धेरै डाउनलोड गरेका थिए।
यसको प्रयोगले आफ्ना पतिको चाहना विपरित कोही पनि महिला विदेश जान सक्दैनन्। डिसेम्बर २०१८ मा यो विषयमा सबैभन्दा पहिले निकै चर्चा भयो। जब एक युवतीले घरबाट बाहिर निस्किए लगत्तै उनलाई उनका पतिले रोके।
साउदी अरबमा अप्रिल २०१८ मा साइबर क्राइम रोक्नका लागि बनेको नयाँ कानून अनुसार पति–पत्नीले एकअर्काको फोन चेक गर्न सक्दैनन्। यसलाई अपराधको श्रेणीमा राखिएको छ। एजेन्सी


























