पोखरा, फागुन २८ । पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको पहिलो सेमिफाइनल खेल बुधबार हुँदैछ।
पोखरा रंगशालामा हुने पहिलो सेमिफाइनलमा साविक विजेता थ्री स्टार क्लब र विभागीय टिम नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो ३ बजे सुरु हुनेछ।
बलियो पुलिसविरुद्ध मैदान उत्रदा थ्री स्टार लगातार फाइनल पुग्ने लक्ष्यमा हुनेछ। तर, थ्री स्टारले पुलिसको कडा चुनौती पन्छाउनु पर्नेछ।
यता, पुलिस साविक विजेतालाई अन्तिम चारबाटै घर फर्काउन चाहन्छ।
थ्री स्टारले क्वाटरफाइनलमा गान्तोक सिटी एफसी सिक्किमलाई ३(० गोल अन्तरले पराजित गरेको थियो। पुलिसले आयोजक सहारा क्लब पोखरालाई हराएर सेमिफाइनल पुगेको हो।
दुई टोलीबीचको विजेताले फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ।
सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ।














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











