फागुन २७ । कोरोना भाईरसका कारण ईटालीमा सबै खेल गतिविधि स्थगित गरिएको छ। इटालीका प्रधानमन्त्री ग्युसेप कोन्टेले अप्रिल ३ सम्म सबै खेल गतिविधि स्थगित गरिएको घोषणा गरेका छन्।
योसंगै ईटालीको शीर्ष डिभिजनको सिरि ए फुटबल समेत अप्रिलको पहिलो सातासम्मका लागि स्थगित भएको छ। तर ईटालीको क्लब र राष्ट्रिय टिमले भने अन्तराष्ट्रिय प्रतियोगितामा खेल्न पाउनेछन्।
सिरि ए फुटबलको खेलहरु यसअघि बन्द रंगशालामा खेलाउने निर्णय भएको थियो। सोही अनुसार युभेन्ट्स र ईन्टर मिलानले दर्शक बिना बन्द रंगशालामा सिरि एको खेल खेलेका थिए।
प्रधानमन्त्री कोन्टेले कोरोनाको फैलदो प्रभावलाई हेरेर ईटालीमा सार्वजनीक रुपमा भिडभाड हुने कार्यक्रम तत्कालका लागि बन्द गराएका छन्।
यसअघि ईटालीको ओलम्पिक कमिटिले समेत सबै प्रकारका खेल गतिविधि स्थगित गर्न माग गरेको थियो।
कोरोना भाईरसको प्रभाव ईटालीमा धेरै देखिएको छ। ईटालीमा करिब ९ हजारमा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ। जसका कारण ४ सय ५० मानिसले ज्यान गुमाएका छन्।
तर बिहिबार युरोपा लिगमा ईटालियन क्लब रोमा र सेभिल्लाबीचको खेल बन्द रंगशालामा खेलाईनेछ। एजेन्सी














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











