काठमाडौँ, फागुन २७ । अध्यागमन विभागले कोरोनाभाइरसको सङ्क्रमण धेरै देखिएका विश्वका ८ वटा देशका नागरिकलाई आजदेखि नेपाल प्रवेश गर्न ‘अन-अराइभल’ भिसा बन्द गरेको छ।
विश्वभर कोरोना भाइरसको महामारी बढीरहेका बेला सरकारले आठ देशका नागरिकलाई ‘अन–अराइभल’ भिसामा रोक लगाएको हो। अघिल्लो साता सङ्क्रमण धेरै देखिएका चीन, चीनका प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान र इटलीका नागरिकलाई अन–अराइभल भिसामा रोक लगाएको थियो।
सोमबार पुनः कोरोनाको संक्रमण बढी देखिएका तीन देश स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई ‘अन–अराइभल’ भिसामा रोक लगाउन लागेको हो। अब यो निर्णय अनुसार यी ८ देशका नागरिकले नेपाल आउनुपर्ने भएमा कोरोनाभाइरसको सङ्क्रमण नभएको र यात्रा गर्न सक्ने भन्ने प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिनुपर्ने बताइएको छ।
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











