चितवन ,फागुन २६। वे ग्रुप नेपालले कोरोना भाईरस सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ। हप्ताको एक दिन एक छिन समाजको लागि २०२ औं श्रृखलाको कार्यक्रम भरतपुरको चौबिसकोठिमा भएको थियो।

कार्यक्रममा १५० भन्दा बढि सार्वजनिक सवारी साधनका चालक र सहचालकहरुलाई निःशुल्क माक्स वितरण गरिएको थियो।कोरोना भाईरसले आत्तिनुु पर्दैन सावधानी अपनाऔ, संकटको समयमा कालो बजारी गर्नेहरुलाई चिनौं र वहिस्कार गरौं,अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कौं घर परिवार टोल छिमेकमा सचेतना छरौं, टाढै बाट नमस्कार आदान प्रदान गरौं, हात नमिलाऔं, अंकमाल नगरौं, नियमित रुपमा राम्ररी साबुन पानीले हात धुऔं, यदि फ्लुजस्तै लक्ष्ण देखा परेमा तुरुन्त चिकित्सकसंग परामर्श लिऔं, लेखिएको सचेतना मुलक सन्देश सहितका प्ले कार्ड प्रर्दशन सँगै कोरोना बारे सजकता अपनाउन जानकारी पनि दिइएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवन, जिल्ला ट्राफिक प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय नारायणगढको पनि सहभागीता रहेको थियो।














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











