हेटौँडा, फागुन २६ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फागुपूर्णिमाका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
यहाँ आज शुभकामना सन्देश जारी गर्दै उनले पर्वले समाजमा भाइचारा र सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै सत्य, न्याय र निष्ठाका पक्षमा लागिरहन प्रेरित गरेको उल्लेख गरेका छन्। मुख्यमन्त्री पौडेलले सन्देशमा परिवारबीचमा खुशी साटासाट गरेर पर्व मनाउन अनुरोध गरेका छन्।
Facebook Comments


























