फागुन २६ । पुरुषको तुलनामा महिला र बालबालिकामा कोरोना भाइरसको असर कम देखिएको छ। मृतकहरुको आंकडामा महिला र बालबालिकाको संख्या कम छ।
चाइनिज सेन्टर्स अफ डिजिज कन्ट्रोलले यसमाथि अध्ययन गरेको छ। जे जति जानकारी पाइएको छ ती जानकारीहरु सोही अध्ययनबाट प्राप्त भएका हुन्।
कोरोना भाइरसबाट संक्रमित ४४ हजार मानिसहरुमा यो अध्ययन गरिएको थियो। जसमध्ये २।८ प्रतिशत पुरुष र १.७ प्रतिशत महिलाको मृत्यु भएको छ।
उमेरको हिसाबले कोरानाको संक्रमणबाट ०.२ प्रतिशत बालबालिका र किशोर–किशोरीको मृत्यु भएको भने ८० वर्ष माथिका १५ प्रतिशत मानिसले ज्यान गुमाएका छन्।
अध्ययनका क्रममा देखिएको मृत्युदरले महिला र बालबालिकालाई कोरोना भाइरसको संक्रमण हुने डर न्यून देखाएको छ। बीबीसीबाट
Facebook Comments


























