चितवन, फागुन २६ । समाजसेवी बिष्णु माया (बीएम) खरेलको निधन भएको छ।
लामो समय देखि पेटको क्यान्सर बाट ग्रसित डा. खरेलको आइतबार राती ९ बजेर ३९ मिनेटमा उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा निधन भएको हो।
डा. खरेलको एक छोरा र श्रीमान रहेका छन्। डा. खरेलसंगै मिलेर श्रीमान डा. प्रमोद लामिछानेले एलाइभ हस्पिटल समेत संचालन गरेका थिए।
गम्भीर रोग लागेर पनि डा. खरेलले चिकित्सा सेवा प्रतिको लगाव छाडेकी थिइनन्। डा. खरेल आफैं क्यान्सरबाट पीडित भए पनि बिरामीको उपचारमा तल्लिन थिइन्। उनको आजै देवघाटमा अन्त्येष्टि गरिनेछ।
Facebook Comments


























