जनकपुरधाम, फागुन २६ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आपसी भाइचारा र सद्भावका रुपमा शान्तिपूर्ण ढङ्गले हर्षोल्लासपूर्वक होली पर्व मनाउन आह्वान गरेकाछन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्द्वारा आज यहाँ जारी विज्ञप्तिमा उनले देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोतर प्रगतिको कामना गरे।
जनकपुरको ऐतिहासिक तथा सांस्कृतिक धरोहरका रूपमा रहेको मध्यमिथिला डोला परिक्रममा सहभागी हुनुभएका सम्पूर्ण साधुसन्त एवं धर्मानुरागीमा मुख्यमन्त्री राउतले विज्ञप्ति मार्फत शुभकामना दिएकाछन्। रासस
Facebook Comments


























