कपिलवस्तु, फागुन २५ । वाणगंगा नगरपालिका–८ चप्परगाउँमा सवारी दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा घाईते भएका राजु थारुको उपचारका क्रममा अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ।
विपरित दिशाबाट आइरहेका दुई वटा मोटर साइकल एक आपसमा ठोकिएपछि छेउमा रोकिएको कारमा ठोक्किएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ।
घाइते कार चालक सामान्य उपचारपछि घर फर्किएका छन्। अत्याधिक गतिका कारण मोटर साईकल अनियन्त्रित भई दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्।
Facebook Comments

























