काठमाडौं, फागुन २५ । आइतबार र सोमबार सेयर बजार बन्द हुने भएको छ। दुवै दिन सरकारी बिदा परेकाले कारोबार बन्द हुने नेप्सेले जानकारी दिएको हो। आइतबार ११० औं अन्तर्राष्ट्रिय नारी दिवस परेको छ। अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ। सोमबार रंगको पर्व होली परेको छ। होलीको लागि सरकारले उपत्यकासहित पहाडी जिल्लामा सोमबार सार्वजनिक बिदा दिएको छ। योसँगै नेप्सेको कारोबार मंगलबारदेखि मात्रै बजार खुल्ने छ।
Facebook Comments


























