काठमाडौं, फागुन २५ । बलिउड अभिनेत्री दीपिका पादुकोण कुनै पनि फिल्म खेल्नको निकै लामो समय पर्खिने गर्छिन्। उनको फिल्महरुबीच लामो अन्तराल हुनेगर्छ। तर उनी सामाजिक सञ्जालमा छाइरहन्छिन्।
उनी सामाजिक सञ्जालमा निकै सक्रिय पनि छिन्। आफ्ना विभिन्न तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गर्ने गर्छिन्।
विवाहपछि उनले बोल्ड तस्बिर सामाजिक सञ्जालमा राख्न कम गरेकी थिइन्। उनको यो पछिल्लो फोटोपछि उनका प्रशंसकहरुले उनलाई विवाह पछिकै सबैभन्दा हट तस्बिर भएको प्रतिक्रिया समेत दिएका छन्।
दीपिकाले उक्त फोटोशूट ELLE को लागि गराएकी हुन्। तस्बिरमा दीपिका समुन्द्री किनारमा निकै हट देखिएकी छन्। दीपिकाको उक्त तस्बिरमा उनका प्रशंसकहरुले मन पराएका छन्।
पछिल्लो समय छपाकमा देखिएकी दीपिकाको फिल्ममा खासै राम्रो व्यापार गरेको थिएन। उनी छिट्टै रणवीर सिंहसँग फिल्म ‘83’ मा देखिनेछिन्।


























