पोखरा, फागुन २५। पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकपको दोस्रो क्वाटरफाइनल खेल आइतबार हुँदैछ।
पोखरा रंगशालामा हुने दोस्रो क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र झापा-११ बीच प्रतिस्पर्धा हुनेछ। मनाङ र झापाबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ।
दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन्। दुवै टिम सेमिफाइनलमा पुग्ने दोस्रो टिम बन्न चाहन्छ।
विजेताले सेमिफाइनलमा त्रिभुवन आर्मी र संकटा क्लबबीचको विजेतासँग खेल्नेछ।
मनाङ बाइ पाएर सिधै क्वाटरफाइनल खेल्न लागेको हो। यस्तै झापाले विभागीय टिम एपीएफ क्लबलाई टाइब्रेकरमा ५-३ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो।
यस अघि आयोजक सहारा क्लबलाई नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगिसकेको छ। सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका छन्।
प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ।


























