फागुन २५ । अष्ट्रेलियामा जारी आईसीसी महिला टी-ट्वान्टी विश्वकप क्रिकेटको फाइनल खेल आज आइतबार हुँदैछ।
मेलबर्नमा हुने फाइनलमा भिड्दै छन्-आयोजक अष्ट्रेलिया र भारत। खेल नेपाली समय अनुसार पौंने १ मा सुरु हुनेछ।
भारतविरुद्ध मैदान उत्रदा अष्ट्रेलिया उपाधि घरमै राख्न चाहन्छ। यता, भारत घरेलु टोलीलाई स्तब्ध बनाएर उपाधि जित्न चाहन्छ।
भारत पहिलो पटक फाइनल पुगेको हो। र, पहिलोपटक टी-ट्वान्टी विश्वकप उपाधि जित्न चाहन्छ।
सेमिफाइनल खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
तर, पहिलो सेमिफाइनल वर्षाको कारण खेल हुन् नसक्दा भारत फाइनल पुगेको छ। समूह चरणमा इंग्ल्याण्डले भन्दा राम्रो नतिजा हात पारेको कारण भारतले पहिलो पटक महिला विश्वकपमा स्थान बनाउन सफल भएको हो।
दुई टिमबीचको समूह चरणको भेटमा भने भारतले बाजी मारेको थियो। समूह चरणमा भारतले अष्ट्रेलियालाई १७ रनले हराएको थियो। एजेन्सी


























