काठमाडौं, फागुन २५ । इन्टरनेट सर्च इन्जिन गुगलले अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना दिएको छ।
गुगलडुडल्समा एक भिडियो सार्वजनिक गर्दै गुगलले नारी दिवसको शुभकामना दिएको हो। उसले भिडियोमा विश्वका नारीहरुका भेषभुषा झल्किने तथा विभिन्न पेशा व्यवसायमा संलग्न नारीहरुको प्रतिनिधित्व गर्दै आकर्षक भिडियो तयार पारेको छ।
आज मुलुकभर ११० औं अन्तर्राष्ट्रिय नारी दिवस विविध कार्यक्रम गरी मनाइँदै छ। राजनितिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवस मनाइँन्छ।
नारी दिवस सर्वप्रथम १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो। १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय दर्जा प्रदान गरिएको थियो।
Facebook Comments


























