पोखरा, फागुन २४ । विभागीय टोली नेपाल पुलिस क्लब पोखरामा जारी आहा ! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
शनिबार पोखरा रंगशालामा भएको खेलमा आयोजक सहारा क्लबलाई ‘टाइब्रेकर’मा ४–२ ले पराजित गर्दै पुलिसले अन्तिम चारको यात्रा तय गरेको हो।
निर्धारित् समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समय थपिएको थियो।
तर, अतिरिक्त समयमा समेत दुवै टोलीबाट गोल हुन नसकेपछि निर्णय टाइब्रेकरमा गरिएको हो।
घरेलु टोलीले दुई पेनाल्टी खेर फालेपछि पुलिसले खेल आफ्नो पक्षमा पारेको हो।
प्रतियोगिताअन्तर्गत् आइतबार मनाङ–मर्स्याङ्दी क्लब र झापा–११ बीच प्रतिस्पर्धा हुनेछ।
Facebook Comments


























