चितवन, फागुन २४ । माछापुच्छ्रे बैंकले भिमबहादुर श्रेष्ठलाई स्मार्ट बचत खाताको बीमाअन्तर्गत एक लाख रूपैयाँ भुक्तानी गरेको छ।
श्रेष्ठले २०७५ फागुन २७ गते माछापुच्छ्रे बैंकको टाँडी शाखामा स्मार्ट बचत खाता खोलेका थिए। ५ हजार रूपैयाँ न्यूनतम मौज्दात राखी खोल्न मिल्ने स्मार्ट बचत खातामा ग्राहकहरूले दस लाख रूपैयाँसम्मको दुर्घटना बीमा, तीन लाख रूपैयाँ बराबरको जटिल प्रकृतिका रोगको उपचार खर्च, एक लाख रूपैयाँसम्मको अस्पताल भर्ना खर्च र दस हजार रूपैयाँसम्मको औषधि खर्च जस्ता सुविधाहरू निःशुल्क उपलब्ध गराउँदै आएको छन्।
श्रेष्ठले अस्पताल भना खर्चको दाबी गरी उक्त रकम प्राप्त गरेका हुन्। बैंकले स्मार्ट बचत खोलेबापत ग्राहकहरूलाई इन्टरनेट बैंकिङ, एमबिएल मोबाइल मनी, डिम्याट खाता, मेरो सेयर सुविधा, डेबिटरक्रेडिट कार्ड, सि–आश्वा सुविधा र अन्तर शाखा कारोबारजस्ता स्मार्ट सुविधालाई निःशुल्क रूपमा प्रदान गर्दै आएको छ।
बैंकले देशभर १५९ वटा शाखा, १४८ शाखारहित बैंकिङ सेवा गरी ३०७ स्थानबाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ भने देशभर १९२ वटा एटीएम सञ्चालनमा छन्।


























