काठमाडौं, फागुन २४ । शुक्रबारबाट टाइगर श्राफ र श्रद्धा कपुर स्टारर चलचित्र ‘बाघी ३’ रिलिज भएको छ। भारतमा ४४ सय हलमा रिलिज भएको यस चलचित्रले अन्य देशहरुमा ११ सय हल पाएको थियो।
५५ सय हल पाएको यस चलचित्रको व्यापार उत्साह जनक छ। चलचित्रले शुक्रबार नै १८ करोड भन्दा माथिको व्यापार गरेको छ। भारितिय वक्स अफिस रिपोर्टका अनुसार यस चलचित्रको कमाई आक्रमक हो।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाको त्रासले यस चलचित्रको व्यापारमा खासै असर गरेको देखिएन। यद्यपी कोरोनाको त्रास नभएको भए चलचित्र अझै राम्रो कामई गर्न सक्ने धेरैको भनाई छ।
समीक्षात्मक रुपमा पनि चलचित्रले राम्रो समिक्षा पाइरहेको छ। चलचित्रले आम(दर्शकलाई निकै मनोरञ्जन दिने समिक्षकहरु बताउँछन्। चलचित्रमा विशेषगरी टाइगरको एक्सनलाई दर्शकले रुचाउनेछन्। विषयबस्तु र त्यसको प्रस्तुती पनि राम्रो भएको समिक्षकको भनाई छ।
एक्सन तथा थ्रिलर चलचित्र ‘बाघी ३’ लाई अम्हेद खानले निर्देशन गरेका छन्। चलचित्रमा सजिद नाडिअडवालाको लगानी छ।

























