फागुन २४ । पाहुना टिम वेष्ट इण्डिजले घरेलु टिम श्रीलंकाविरुद्धको दुई खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जितेको छ।
शुक्रबार राति भएको दोस्रो तथा टी-ट्वान्टीमा श्रीलंकालाई ७ विकेटले हराउँदै वेष्ट इण्डिजले सिरिज २-० ले जितेको हो।
श्रीलंकाले दिएको १ सय ५६ रनको लक्ष्य वेष्ट इण्डिजले १७ ओभरमा ३ गुमाएर पुरा गर्यो। वेष्ट इण्डिजको जितमा ब्राण्डन किङ र शिम्रण हिटमायरले समान ४३/४३ रन बनाए। आन्द्रे रसेलले अविजित ४० रन जोडे।
श्रीलंकाका एन्जेलो म्याथ्युज, लाहिरु कुमारा र डसुन सनकाले एक एक विकेट लिए।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो। श्रीलंकाका लागि डसुन सनकाले अविजित ३१ रन जोडे। एन्जेलो म्याथ्युजले २३ तथा थिसरा परेराले अविजित २१ रन बनाए। वेष्ट इण्डिजका फाबियन एलेनले २ विकेट लिए।
पहिलो खेलमा श्रीलंका वेष्ट इण्डिजसँग २५ रनले पराजित भएको थियो। एजेन्सी


























