फागुन २४ । फ्रेन्च लिग फुटबल अन्तर्गत पेरिस सेन्ट जर्मेन (पीएसजी) र स्ट्रासबर्गबीच तय भएको खेल स्थगित भएको छ।
विश्वभर तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसलाई मध्ये नजर गर्दै शनिबार तय भएको पीएसजी र स्ट्रासबर्गबीचको खेल स्थगित गरिएको हो। उक्त खेल स्ट्रासबर्गको मैदान हुने तय थियो। यस खेलको नयाँ मिति पछि तय हुने बताईएको छ।
कोरोना भाइरसको संक्रमित फ्रान्समा ६ सय १३ जना रहेका छन्। यस्तै ९ जनाको मृत्यु भईसकेको छ। एजेन्सी
Facebook Comments


























