फागुन २३ । इन्ग्लिश प्रिमियर लिग फुटबलमा खेल अघि खेलाडीले हात नमिलाउने भएका छन्।
चीनबाट सुरु भएको कोरोना भाईरस विश्वब्यापी फैलदै गएपछि खेल अघि दुई टोलीबीचका खेलाडी र म्याच अफिसियलले हात नमिलाउने भएका हुन्। कोरोनाको संक्रमणलाई रोक्न प्रिमियर लिगले खेलाडी र अफिसियललाई हात नमिलाउन निर्देशन दिएको छ।
कोरोनाका कारण हालसम्म ८७ देशमा विरामी रहेका छन्। करिब ९० हजार मानिस कोरोनाबाट संक्रमित रहेका छन्। एजेन्सी
Facebook Comments


























