तनहुँ, फागुन २३ । तनहुँको शुक्लागण्डकीनगरपालिकामा मीनी ट्रकले ठक्कर दिँदा एक मजदुरको उपचारका क्रममा मृत्यु भएको छ।
ट्रकमा रड अनलोड गर्ने क्रममा पछाडीबाट आएको मिनि ट्रकले एक्कासी ठक्कर दिँदा रडमा च्यापिएर केशव नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख विनोद सिलवालले बताए।
प्रहरी प्रमुख सिलवालका अनुसार दुलेगौडा स्थित रिमाल हार्डवयेर सेन्टरमा काम गर्दै आएका नेपाली शुक्लागण्डकी – ८ निवासी हुन्।
हार्डवेयरको गोदाममा रड अनलोड गर्दा पछाडीबाट आएको ग १ क ४९१२ नम्बरको मिनि ट्रकले नेपालीलाई रडसँगै च्याप्दाँ उनी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि पोखरा स्थित शिक्षण अस्पतालमा पठाईएकोमा उपचारका क्रममा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँ दमौलीले जनाएको छ।
Facebook Comments

























