बेलायत, फागुन २३ । कोरोना भाइरसको सङ्क्रमणबाट बेलायतमा पहिलो एक व्यक्तिको ज्यान गएको छ।
कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उपचार गराइरहेकी एक ७० वर्षीया महिलाको ज्यान गएको बेलायतका स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन्।
गएको बुधबार कोरोनाको सङ्क्रमण पाइएपछि ती महिला अस्पताल भर्ना भएकी थिइन्। रोयल बर्कशायर अस्पतालमा उपचार गराइरहेकी ती महिला बेलायतमै हुँदा सङ्क्रमित भएको बेलायतका प्रमुख चिकित्सा सल्लाहकार प्राध्यापक क्रिक व्हिट्टीले बताए।
बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय १६ पुगेको छ। पछिल्लो २४ घण्टामा ३० जनाभन्दा बढीमा सङ्क्रमण देखिएको हो।
Facebook Comments


























