फागुन २३ । इन्ग्लिश प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
बिहिबार राति भएको खेलमा डर्बी काउन्टीलाई ३-० गोल अन्तरले पराजित गर्दै युनाइटेडले क्वाटरफाइनलमा स्थानमा बनाएको हो।
युनाइटेडको जितमा ओडिओन इघालोले दुई गोल गरे। लुक शको नाममा एक गोल रह्यो।
खेलको ३३ औं मिनेटमा शले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। ४१ औं मिनेटमा इघालोले गोल गर्दै युनाइटेडको अग्रता २-० को बनाए।
त्यसपछि खेलको ७० औं मिनेटमा इघालोले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई ३-० को सहज जित दिलाए।
युनाइटेडका लिजेण्ड वायन रुनी डर्बीबाट पूर्व क्लबविरुद्ध मैदान उत्रिएका थिए।
अब युनाइटेडले क्वाटरफाइनलमा नर्विच सिटीसँग खेल्नेछ।
Facebook Comments


























