फागुन २२ । सामाजिक सञ्जाल ट्वीटरले केही ट्वीटहरु २४ घण्टापछि आफै डिलिट हुने नयाँ ‘फिचर’ परीक्षण गरिरहेको छ। ट्वीटरले बुधबारदेखि सो फिचरको परीक्षण सुरु गरेको हो।
ट्वीटरले सो फिचरलाई ‘फ्लिट्स’ नाम दिएको छ। यो फिचर अन्तर्गत गरिएको ट्वीट फेसबुक, स्न्यापच्याट र इन्स्टाग्राम ‘स्टोरिज’ जस्तै २४ घण्टामा आफै हराउँछ।
तर यो फिचरले ट्वीटरलाई अरु सामाजिक सञ्जाल जस्तै बनाउने भन्दै प्रयोगकर्ताले विरोध गरिरहेका छन्।
नयाँ फिचरको विरोधमा रहेकाहरुले अहिले ३च्क्ष्एत्धष्ततभच ह्यासट्याग प्रयोग गरिरहेका छन्। ट्वीटरले आफ्नो नयाँ फिचर अहिले ब्राजिलमा मात्रै परीक्षण गरिरहेको छ। त्यसकारण सो ह्यासट्याग पनि ब्राजिलमै प्रयोग भएको छ।
Facebook Comments


























