काठमाडौं, फागुन २० । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी वरियतामा नेपाल तीन स्थान तल झरेको छ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल तीन स्थान तल झरेको हो। नयाँ वरीयतामा नेपाल तीन स्थान झर्दै १५ औं स्थानमा पुगेको छ।
यसअघि नेपाल १२ औं स्थानमा रहेको थियो। आईसीसीले सार्वजनिक गर्दै आएको वरीयतामा पछिल्लो ८ महिना देखि १२ औं स्थानमा रहँदै आएको थियो।
तर, टी-ट्वान्टीमा लगातार खराब प्रदर्शन गर्दै आएको नेपालको वरीयतामा यसपटक ठुलो गिरावट आएको हो।
नेपालको टी-ट्वान्टीमा ११ औं स्थान सर्वाधिक उच्च वरीयता हो।
एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेको छ। स्कटल्याण्ड १२ र युएई १४ औं स्थानमा रहेको छ।
नेपाल एकदिवसीय वरीयतामा भने यथावत रहेको छ। नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ।
टी-ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान रहेको छ। यस्तै अष्ट्रेलिया दोस्रो, इंग्ल्यान्ड तेस्रो, भारत चौंथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन्।


























