फागुन २० । आर्सनल एफ ए कपको क्वार्टरफाईनलमा प्रवेश गरेको छ।
आईतबार राति पाँचौ चरणको खेलमा पोर्ट्समाउथलाई २–० गोल अन्तरले पराजित गर्दै आर्सनलले अन्तिम ८ मा स्थान बनाएको हो।
आर्सनलको जितमा स्रोक्राटिस र एडी नेकेथियाले एक एक गोल गरे।
पोर्ट्समाउथले पहिलो हाफमै निकै राम्रो प्रर्दशन गरेको थियो। तर स्रोक्राटिसले पहिलो हाफको ईन्जुरी समयमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। एडी नेकेथियाले ५१ औं मिनेटमा आर्सनलको अग्रता दोब्बर बनाउने काम गरेका थिए।
आर्सनल प्रशिक्षक मिकेल आर्टेटाले युवा खेलाडीको प्रर्दशनको प्रशंसा गरे। उनले अधिकांश २० भन्दा मुनीका खेलाडी मैदान उतारेका थिए।
दोस्रो हाफमा आर्सनलले राम्रो खेल प्रर्दशन गरेको थियो। उनीहरुले घरेलु मैदानमा पछिल्लो १९ खेलमा अपराजित टिमलाई हराएका थिए। अझ पोर्ट्समाउथको पछिल्लो १० खेलको अपराजित यात्रामा समेत पुर्णविराम लागेको छ। एजेन्सी


























