काठमाडौं, फागुन २० । हिमालय एअरलाइन्सले नयाँ विमान थप गरेको छ। नेपालको निजी अन्तर्राष्ट्रिय उडान भर्ने एक मात्र एअरलाइन्स् कम्पनीले पाचौं वार्षिकउत्सवको अवसरमा ए ३१९-११५ विमान थप गरे पछि विमान संख्या ४ पुगेको छ।
कम्पनीका उपाध्यक्ष क्यापटेन हाओ दीले चीनको तियानजिन बिन्हाई अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ विमान एमएसएन ९०२०, दर्ता नम्बर ९ एन–एजेके त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज भित्र्याएको छ। सन् २०१४ बाट शुरु भएको हिमालय एअरलाइन्स्ले यस अघि ३ एअरबस ए३२०-२१४ र थप गरिएका नयाँ एअरबस ए३१९-११५ गरी चारवटा विमानबाट सेवा दिने भएको हो।
नयाँ एअरबस ए३१९-११५ छोटो देखि मध्यम दूरीको उडान भर्ने एअरबस ए-३२० परिवारकै विमान हो। एअरबस कम्पनीद्वारा निर्मित यो विमान न्यारो-बडी, दुई इन्जीनयुक्त जेट विमान भएको कम्पनीले जनाएको छ। आठ बिजनेस क्लास सिट र १ सय २० इकोनोमी क्लास सिट क्षमता छ। विमानमा नयाँ र कुशल इन्जीन क्षमता रहेको छ जुन १५ प्रतिशतसम्म इन्धन बचत गर्न सक्षम हुने कम्पनीको भनाई छ।
कम्पनीले स्थापनाको ४ वर्षमै ६ देशका दोहा, दमाम, ढाका, क्वालालम्पुर, आबुधाबी र चीनको चाङसा, गुईयाङ, सेनजेन, बेइजिङ र चोङकिङ गरी १० गन्तव्यस्थलमा सेवा शुरु गरी सकेको छ।














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











