काठमाडौं, फागन १८ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा कार्यभार सम्हाल्न आज काठमाडौं आइपुगेका छन्।
राजदूत क्वात्रा बिहान ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका हुन्। उनलाई विमानस्थलमा काठमाडौंस्थित भारतीय दूतावासका कर्मचारीहरुले स्वागत गरे।
क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदूत रहिसकेका थिए।
सन् १९८८ मा भारतको परराष्ट्र सेवामा प्रवेश गरेका क्वात्रा एक समय व्यापार, अर्थ व्यवस्था र वृत्त ब्यूरोको प्रमुखका रुपमा सार्कमा समेत कार्यरत थिए।
मञ्जिवसिंह पुरीको कार्यकाल सकिएपछि नरेन्द्र मोदी सरकारले क्वात्रालाई नेपालको राजदूत नियुक्त गरेको थियो।
Facebook Comments


























