- फागुन १८ ।
- खाने
- दैनिक खानामा ३०–३० प्रतिशत सलाद र उसिनेको खानेकुरा तथा ४० प्रतिशत नियमित खानाको अनुपात मिलाएर खाने हो भने थाइराइडको समस्या कम गर्न सकिन्छ।
- सलादमा प्याज, काक्रो, गाँजर, भिजाइएको गेडागुडी खान सकिन्छ। त्यस्तै, उसिनेको खानेकुरामा आलु, तरुल र सखरखण्ड आदि खान सकिन्छ।
- साथै, अन्न, दाल, दूधजन्य खानेकुरा, माछा, अन्डा, च्याउ, ओखर, बदाम, नट्स, फलफूल, अदुवा, जुस, ग्रिन टी र प्रशस्त पानी खानपिउन सकिन्छ। यस्ता खानेकुराले शरीरमा मेटाबोलिज्मको मात्रालाई नियमित गर्न सघाउ पु-याउँछन्।
नखाने
- सोयाबिन र यसबाट बन्ने खानेकुरा खानुहुँदैन। सोयाबिनको तेलले शरीरमा थाइराइड हर्मोनमा कमी ल्याउँछ।
- सेतो आटाबाट बनेका पाउरोटी, बे्रेड, पिज्जा र बर्गर आदि ग्ल्युटिन तत्व भएका खानेकुरा सकेसम्म खानुहुँदैन। अझ औषधि सेवन गरिरहेकाले त ग्ल्युटिनयुक्त खानेकुरा खानैहुँदैन। खाएमा औषधिको प्रभाव घटाउनुका साथै शरीरमा पोषणको कमी हुन्छ।
- फुलगोभी र बन्दागोभीले शरीरमा आयोडिनको कमी गराउँछ। यसर्थ, आयोडिनको कमीका कारण थाइराइडको समस्या हुने भएकाले यस्ता तरकारी सेवन गर्नुहुँदैन।
- शरीरमा मेटाबोलिज्मको कमी हुनेले चिनी सेवन गर्नुहुँदैन। त्यस्तै, जंकफुड, तेलमा तारेका मैदाबाट बनेका र प्याकेटका खानेकुरा खानुहुँदैन। एजेन्सी
Facebook Comments
























