भक्तपुर, फागुन १७ । प्रहरीले जिल्लाका विभिन्न स्थानमा रहेका होटल, रेष्टुरेन्ट तथा खाजाघरमा छापा मारेको छ।
अरनिको राजमार्ग आसपासमा खुलेका केही होटलजन्य व्यवसायमा कानुन विपरितका गलत कार्य हुँदै आएको सूचनाका आधारमा प्रहरीले छापा मारेर १६ जनालाई पक्राउ गरेको हो।
जसमा ८ पुरुष र ८ जना महिलालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त जगातीमा प्रमुख डीएसपी चक्रराज जोशीले जानकारी दिएका छन्।
पिसफुल, प्याराडाइज, कस्तुरी खाजाघर, ए–वान र थकाली खानाघरबाट उनीहरुलाई नियन्त्रण लिएको जोशीले बताए।
यस क्षेत्र यौन अखडा बन्न थालेपछि प्रहरीले विशेष शुद्धीकरण अभियान सुरु गरेर ‘स्विप अपरेशन’ चलाएको डीएसपी जोशीको भनाइ छ।
शेषगरी यस क्षेत्रमा सञ्चालित खाजाघर, गेष्ट हाउस तथा रेष्टुराँलाई प्रहरीले निगरानीमा राखेको छ।
Facebook Comments


























