चितवन, फागुन ५। डन ऐकेडेमी भरतपुर ९ शरदपुरको खेल सप्ताह सुरु भएको छ। अभिभावक र शिक्षक बीचको मैत्रीपुर्ण फुटसल खेल सँगै खेल सप्ताहको उद्घाटन गरिएको थियो।

नेपाल फुटवल प्रशिक्षक संघका केन्द्रीय अध्यक्ष तथा एन्फाका केन्द्रीय सदस्य विनोद लामा प्रमुख अतिथि रहेको खेलमा अभिभावकको उल्लेखनीय सहभागिता रहेको थियो।

फागुन ८ गते सम्म हुने खेल सप्ताहमा विभिन्न खेलहरुमा विद्यार्थीबीच प्रतिस्पर्धा हुने शैक्षिक संयोजक किसान शर्माले जानकारी दिए।

विद्यालयकी प्राचार्य संगीता वस्ती विष्टले पढाईसँगैे बौद्धिक तथा शारीरिक विकासको लागि अतिरिक्त क्रियाकलाप आवश्यक रहेको बताइन्।



Facebook Comments


























