फागुन ४ । इण्डियन प्रिमियर लिग टी-ट्वान्टी क्रिकेट (आईपीएल) को नयाँ सिजनको उद्घाटन खेलमा साविक विजेता मुम्बई इण्डियन्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुने भएको छ।
आईपीएलले निकालेको खेल तालिका अनुसार पहिलो खेलमा मुम्बई र चेन्नई भिड्ने भएका हुन्। उद्घाटन खेल मुम्बईको घरेलु मैदानमा वान्खडे स्टेडियममा मार्च २९ मा हुनेछ।
आईपीएलको लिग चरणको अन्तिम खेल भने मे १७ मा हुनेछ। उक्त खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई भिड्ने छन्।
लिग चरणको खेलपछि शीर्ष ४ टोलीले प्ले अफमा स्थान बनाउने छन्। त्यसपछि शीर्ष र दोस्रो टिमबीचको क्वालिफायर विजेता फाइनलमा पुग्नेछ। पराजित हुने टिमले इलिमिनेटर विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ। तेस्रो र चौंथो टिमबीच इलिमिनेटर खेल हुनेछ।
आईपीएलको यस सिजनको फाइनल मे २४ मा वान्खडेमा हुनेछ। एजेन्सी
Facebook Comments


























