फागुन ३ । म्यानचेस्टर सिटीमाथि युरोपियन क्लब प्रतिस्पर्धाका दुई सिजनमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लागेको छ।
क्लब इजाजत तथा आर्थिक पारदर्शिताको नियम उल्लंघनको आरोपमा युरोपियन फुटबलको प्रशासकीय निकाय यूईएफएले म्यानचेस्टर सिटीमाथि प्रतिबन्ध लगाएको हो।
प्रिमियर लिगमा सिटीमाथि प्रतिबन्ध नगरिए पनि जरिवाना गरिएको छ। समाचार अनुसार, सिटीले प्रिमियर लिगमा सहभागिताका लागि ३० मिलियन युरो जरिवाना तिर्नुपर्ने छ।
तर, यसविरुद्ध सिटीले खेल अदालतमा पुनरावेदन गर्न सक्ने छ। म्यानचेस्टर सिटीले प्रतिबन्धको निर्णयलगत्तै प्रतिक्रिया दिँदै भनेको छ– निराश भएका छौं तर आश्चर्यमा परेका छैनौं।
प्रतिबन्धविरुद्ध खेल अदालत जाने उसले बताएको छ।
Facebook Comments


























