काठमाडौं, माघ २६ । घरबाट बाहिर निस्कँदा घरमा अग्रजहरुले दही खुवाउँछन। अग्रजहरुले कतै टाढा निस्कदै गरेका परिवारका सदस्यलाई भाग्यले साथ देओस् भन्ने मान्यताअनुसार यसो गर्दै आएका छन।
दही खुवाउनुलाई यात्राको शुभ संकेत पनि मानिन्छ। तर यसको बैज्ञानिक कारण समेत छ। पहिलेको जमानामा यायायातका साधन हुँदैनथे। हिँडेर एक ठाउँबाट अर्को ठाउँमा जानुपर्थ्यो।
दही वा दहीमा चिनी मिसाएर खाँदा शरीरमा ताजापन र चिसो महसुस हुन्छ। साथै ग्लुकोजको मात्रा बढ्ने र शरीरमा ऊर्जा थप्ने काम गर्छ। हिड्नका लागि आवश्यक पर्ने इनर्जीको काम समेत गर्ने भएकाले दहीलाई उपयोगी मानिन्छ।
Facebook Comments























