माघ २५ । सामाजिक सञ्जाल फेसबुकको ट्वीटर तथा इन्स्टाग्राम एकाउन्ट ह्याक भएको छ। ह्याकरहरुको समूहले फेसबुकको ट्वीटर तथा इन्स्टाग्राम एकाउन्ट शुक्रबार अपरान्नह केहीबेर ह्याक गरी आफ्नो नियन्त्रणमा लिएका हुन्।
आवरमाइनले ह्याक गरेको हो। उसले फेसबुकको ट्वीटर तथा इन्स्टाग्राम एकाउन्ट र म्यासेन्जरमा ह्याक सम्बन्धी जानकारी पोस्ट गरेको हो। सो समूहले ‘फेसबुक पनि ह्याक गर्न सकिने खालको छ’ लेखेका छन्।
सो समूहले केहीबेर मात्रै फेसबुकका सामाजिक सञ्जाल आफ्नो नियन्त्रणमा लिएको थियो। हाल ट्वीटर तथा इन्स्टाग्राम एकाउन्ट फेसबुकको नियन्त्रणमा आएको छ।
Facebook Comments


























