काठमाण्डौं, माघ २३ । आकर्षक जग्गा देखाएर खोला छेउको जग्गा विक्री गर्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
ललितपुर प्रहरीले केही दिनअघि ललितपुरको ग्वार्कोको अन्जन केसी, बालाजुका राजाराम कार्की र कपनका रमेश बुढाथोकीलाई पक्राउ गरेको छ।
जग्गा विक्री गर्ने सुरेन्द्रबहादुर श्रेष्ठ भने फरार छन्। सपनाकुमारी थापाले डेढ वर्षअघि ललितपुरको इमाडोलमा ८७ लाख हालेर किनेको जग्गा आफ्नो नभएको तब पत्ता लागेको थियो जब उनी घर बनाउन नापी कार्यालयका अधिकारी लिएर त्यस जग्गामा पुगिन्।
तर उनलाई विक्री गरिएको जग्गा खोला किनारमा रहेको थाहा भएपछि थापा झसङ्ग भएकी थिइन्।
Facebook Comments

























