काठमाण्डौं, माघ २३ । सहिद स्मारक ए डिभिजिन लिग फुटबलमा आज ११ औँ चरणका खेल शुरु हुँदैछन्।
सातदोबोटो स्थित एन्फा कम्प्लेक्समा बिहान साढे ११ बजे हुने पहिलो खेलमा मच्छिन्द्र र सरस्वती युथ क्लब भिड्दैछन्। मच्छिन्द्र अहिले २२ अंकसहित लिगको दोस्रो स्थानमा छ। आफ्ना १० खेलमध्ये जम्मा एउटामा जित हात पारेको सरस्वती युथ भने ४ अंकसहित लिगको अन्तिम स्थानमा छ।
सातदोबाटोमै दिउँसो ३ बजे हुने दोस्रो खेलमा शीर्र्ष स्थानको विभागीय टोली त्रिभुवन आर्मीविरुद्ध अर्को विभागीय टोली एपीएफ भिड्दैछ।
एपीएफ ५ अंकसहित लिग तालिकाको अन्तिमबाट दोस्रो स्थानमा छ। २३ अंकसहित पहिलो स्थानमा रहेको आर्मी र २२ अंकसहित दोस्रो स्थानको मच्छिन्द्र, दुबै टिमले आजका खेलमा सहज जित पार्ने सम्भावना देखिन्छ। त्यसो हुँदा यी दुई शीर्ष टोलीको अंक तालिकामा फेरबदलको सम्भावना न्युन छ।
जारी लिगमा मनाङ मस्र्याङ्दी तेस्रो र थ्री स्टार चौथो स्थानमा छन्।


























