काठमाण्डौं, माघ २० । यातायात व्यवस्था सेवा कार्यालय सानो भर्याङका अधिकृतसहित २ जना घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले सवारी कर र प्रदुषबापको रकम तिर्नका लागि १३ हजार रुपैयाँ घुस लिने शाखा अधिकृत शिवलाल पौडेल र घुस रकम दिने सेवाग्राही दीपक खतिवडालाई पक्राउ गरेको हो।
अख्तियारले दुवै जनालाई आइतबार यातायात व्यवस्था सेवा कार्यालय सानो भर्याङ परिसरबाटै पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
Facebook Comments


























