पोखरा, माघ २० । १९ औं संस्करणको प्याराग्लाइडिङ विश्व कप खेल आगामी फागुन दोस्रो सातादेखि पोखरामा हुने भएको छ। एशियन टुर तथा नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिपको १९ औं सस्करण अगामी फागुन ११ देखि १७ गतेसम्म पोखरामा हुन लागेको हो।
नेपाल हवाई खेलकूद संस्थाको आयोजनामा नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोगमा सो प्रतियोगितामा हुने छ।
प्रतियोगितामा नेपालसहित, चीन, जापान, भारत, कोरिया, अमेरिका, बेलायत, स्वीजरल्याण्ड, फ्रान्स, जर्मनी, अष्ट्रेलिया, रसिया, इरान, भियतनाम, चाइनिज ताइपेइ, इन्डोनेसिया लगायतका ३० देशका १ सय २५ चालक सहभागी हुने आयोजकले जानकारी दिएको छ।
खेलाडी दर्ता गर्ने अन्तिम मितिसम्म ३० देशका १ सय २५ पाइलट सहभागी हुने निश्चित भएकाले त्यसको आवश्यक तयारीलाई तीव्र बनाइएको आयोजकले जनाएको छ। रासस














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











