काठमाण्डौं, माघ १९। राष्ट्रियसभाबाट आइतबार नै मिडिया काउन्सिल विधेयक–२०७६ पारित गर्ने तयारी रोकिएको छ।
विधायन व्यवस्थापन समितिले पत्रकारले परीक्षा दिएर लाइसेन्स लिनुपर्ने प्रावधान राखेर पठाएको विधेयक आइतबारको बैठकबाट पारित गर्ने तयारी थियो। र समिति सभापति पर्शुराम मेघी गुरुङले समितिको प्रतिवेदन प्रस्ताव प्रस्तुत गर्ने र परीक्षाको विषय हटाएर पारित गर्ने योजना थियो।
तर कार्यव्यवस्था परामर्श समितिको बैठकले मिडिया काउन्सिल विधेयकको प्रतिवेदन छलफल गरी पारित गरियोस भन्ने प्रस्तावलाई झिकेको छ। राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले मिडिया काउन्सिल विधेयक पारित गर्ने विषयलाई कार्यसूची हटाउने प्रस्ताव गरेका थिए।
Facebook Comments


























