काठमाण्डौं, माघ १५ । प्रधानमन्त्री केपी ओलीले सरकारविरुद्ध प्रचार आक्रमण छेडिएको बताएका छन्। सरकारले गरेका कामकाविरुद्ध केही व्यक्ति तथा समूहले प्रचार युद्ध नै छेडेको प्रधानमन्त्री ओलीको भनाइ छ।
बुधबार राष्ट्रिय सभा गृहमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले गरेका कामविरुद्ध प्रचार युद्ध छेडिएको बताएका हुन्।
Facebook Comments