काठमाण्डौं, माघ १३ । नवनिर्वाचित सभामुख अग्नि सापकोटाविरूद्ध राष्ट्रपति कार्यालय शितल निवासअगाडि प्रदर्शन गरिएको छ। सभामुख विरुद्ध प्रदर्शनमा उत्रिएका मानवअधिकारवादीलाई पक्राउ गरेको छ।
सापकोटाले सोमबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको शपथ लिइरहँदा बाहिर मानवअधिकारीहरु प्रदर्शनमा उत्रिएका थिए। विरोधमा उत्रिएका १२ जनाभन्दा धेरैलाई प्रहरीले पक्राउ गरेको छ।
आफ्ना पतिको हत्यामा संलग्न भएको भन्दै सापकोटाविरूद्ध मुद्दा लडिरहेकी पूर्णिमाया लामालगायत पक्राउ गरिएको छ। अदालतमा मुद्दा विचाराधिन रहेको बेलामा सापकोटालाई सभामुख निर्वाचित गरिएको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन्।
Facebook Comments