उदयपुर ,माघ १३। उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको कार्यालयमा शंकास्पद बस्तु भेटिएको छ। अध्यक्षको कार्य छिर्ने ढोकाकै नजिक कुकरबाट तार जडान गरी मोबाईलमा जडान गरी राखिएको अवस्थामा शंकास्पद झोला भेटिएको हो। अहिले सो शंकास्पद वस्तु हटाउन नेपाली सेनाको बम डिस्पोजन इकाइमा खबर गरिएको छ।

गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ५ का वडाध्यक्ष केशर कुमार खड्काले नेत्रबिक्रम चन्द बिल्प समूहले झोलाभित्र बम जडान गरी राखेको हुनसक्ने आशंका व्यक्त गरेका छन्। शंकास्पद बस्तु राती नै राखिएको र आधुनिक डिभाइस प्रयोग गरी विस्फोट गराउन खोजिएको हुन सक्ने अनुमान गरिएको छ। अहिले बम राखिएको स्थानमा प्रहरी पुगिसकेको छ।
Facebook Comments