माघ १२ । साविक विजेता नोभाक जोकोभिक अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। मेलबर्नमा आइतबार भएको चौंथो चरणमा अर्जेन्टिनाका डिएगो स्वार्टम्यानलाई हराएर जोकोभिक अन्तिम आठमा पुगेका हुन्।
दोस्रो वरियताका जोकोभिकले डिएगोलाई ६-३,६-४ र ६-४ को सेटमा हराए। जोकोभिक ११ औं पटक अष्ट्रेलियन ओपनको क्वाटरफाइनलमा पुगेका हुन्।
अब सर्बियन जोकोभिकले अन्तिम आठमा मिलोस राओनिकसँग खेल्ने छन्। राओनिकले मारिन सिलिकलाई ६-४, ६-३ र ७-५ को सेटमा हराएर क्वाटरफाइनलमा पुगेका हुन् । एजेन्सी
Facebook Comments