काठमाण्डौं, माघ १२ । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आठौं चरणको समाप्तीसम्म त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा रहेको छ।
हिजोको खेलमा न्युरोड टिम (एनआरटी)सँग बराबरीमा रोकिएपछि आर्मी क्लबले दोस्रो स्थानको मच्छिन्द्र क्लब र तेस्रो स्थानको मनाङ मस्र्याग्दी क्लबसँग १ अंकको अग्रता लिएको छ।
हिजै भएको दोस्रो खेलमा संकटा क्लबले फ्रेन्ड्स क्लबलाई १–० ले हराएको छ। हिजोको बराबरीले आर्मीलाई तालिकामा तिन अंकको स्पष्ट अग्रता लिने अवसर भने गुमेको छ।
आर्मीले ८ खेलबाट १७ अंक जोडेको छ। मच्छिन्द्र र मनाङको १६–१६ अंक छ। चोथो स्थानको थ्रिस्टार क्लबको १४ अंक छ। ए डिभिजन लिग फुटबलमा नवौं चरणका खेलहरु भोलिदेखि हुनेछन्।
भोलि दिउसो १२ बजे दशरथ रंगशालामा पुलिस क्लबले एपीएफसँग खेल्दा दिउसो ३ बजे उपाधि दावेदारहरु मच्छिन्द्र क्लब र थ्रिस्टार क्लब भिड्नेछन्।
Facebook Comments