काठमाण्डौं, माघ ११ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रमुख प्रतिपक्षी दलका नेता तथा काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन्
देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्रीसँग छलफलका लागि देउवा बालुवाटार गएको जानकारी दिए। यद्यपि उनले छलफलको विषय थाहा नभएको बताए।
काँग्रेसका एक पदाधिकारीले भने प्रतिनिधिसभाको उपसभामुखको विषयमा छलफलका लागि देउवा प्रधानमन्त्रीलाई भेट्न गएको बताए। सभामुखमा उम्मेदवार नउठाएको काँग्रेसले उपसभामुख आफूले पाउनुपर्ने माग गर्दै आएको छ।
Facebook Comments