झापा, माघ ९ । झापा भद्रपुरको दुई भिन्न स्थानबाट प्रहरीले १८ गाईगोरु नियन्त्रणमा लिएको छ। नेपालबाट अवैधरुपमा लैजान लागिएको ती गाईगोरु प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बुधबार राति अवैधरुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको तीन वटा गोरु र पाँच वटा गाई भद्रपुर–४ स्थित रङ्गेडाँडाबाट नियन्त्रणमा लिएको हो।
त्यस्तै, प्रहरीले भद्रपुर–३ स्थित ७ नम्बर पिलरबाट अवैधरुपमा भारततर्फ लाँदै गरेको गोरु नियन्त्रणमा लिएको छ। प्रहरीचौकी किच्चकबधबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा आठ गोरु नियन्त्रणमा लिएको हो। रासस
Facebook Comments